PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

डाक्टरको आवरणमा पूर्व सैनिकको धन्दा: अस्पताल पुगेकालाई गेस्ट हाउस लगेर जबरजस्ती



पहिलोपोस्ट

 डाक्टरको आवरणमा पूर्व सैनिकको धन्दा: अस्पताल पुगेकालाई गेस्ट हाउस लगेर जबरजस्ती

काठमाडौं: चैत ६ गते मेनुका आचार्य(नाम परिवर्तन) बिरामी आमालाई लिएर गंगालाल अस्पताल पुगिन्। अस्पताल पुगेपछि उपचारका लागि कहाँ जाने कुन डक्टरलाई भेट्ने उनी अन्योल थिइन्।

त्यतिकैमा उनी नजिकै एक व्यक्ति आइपुगे। 'म सन्तोष घले। पेशाले डाक्टर हुँ।' उनले यति भनेपछि मेनुका ढुक्क भइन्।
उनले आमाको उपचारमा सहयोग गर्ने र चिनेको डाक्टरलाई रिफर गर्ने बताए।

मेनुकालाई ढुङगा खोज्दा देउता मिले जस्तै भयो। घलेले मेनुकालाई डाक्टरलाई भेटाउने सामाखुसी जान आग्रह गरे। मेनुका पनि राजी भइन्। 
मोटरसाईकलामा राखेर आलेले मेनुकालाई  मित्रनगरमा रहेको  गोरखा फुलबारी गेस्ट हाउसमा पुर्याए। त्यहाँ कुनै पनि डाक्टर थिएनन्। गेस्ट हाउसको दोस्रो तल्लाको कोठामा लगी घलेले ढोकाको चुकुल लगाए।

मेनुका डराइन्। उनले मेनुकालाई धम्काउन थाले। अनि घलेको असली रुप देखियो। मेनुकालाई डर धम्कीमा पारी उनले जबर्जस्ती करणी गरे। मेनुकाले भोलिपल्ट प्रहरीमा उजुरी दिएपछी घले पक्राउ परे।

प्रहरीको अनुसन्धानमा सन्तोष घले आफ्नो वास्तविक नाम र पेशा ढाँटेको देखियो। उनी त  पाल्पाको तानसेन घर भएका २७ वर्षीय अर्जुन कोइराला भएको खुल्यो। आफ्नो नाम र पेशा परिवर्तन गरेर उनले युवतीलाई जबर्जस्ती गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेले बताए।

प्रहरी नियन्त्रणमा रहेका कोइराला  भगौडा सैनिक हुन्। यसअघि पनि उनी जबर्जस्ती करणीको अभियोगमा सजाय भोगिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell