PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

बेइजिङमा किम सवार बख्तरबन्द रेलको विशेषता: आरामदायी बैठककक्ष, मदिराले भरिएको बार



पहिलोपोस्ट

बेइजिङमा किम सवार बख्तरबन्द रेलको विशेषता: आरामदायी बैठककक्ष, मदिराले भरिएको बार

बेइजिङः सोमबार साँझ बेइजिङमा देखिएको हरियो रंगको रेलले विश्वको ध्यान केन्द्रित गर्‍यो। उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई प्योङ्याङबाट बेइजिङ र बेइजिङबाट प्योङ्याङ पुर्‍याएको रेलको विशेषता अरू रेलभन्दा फरक थियो।

हरियो रंगमा पहेंलो घेरा भएको बख्तरबन्द रेल विशेष धातुले बनाइएको छ। ‘आर्मोरेड’ रेल यसअघि २००० मा चीन पुगेको थियो। उनका पिता किम जोङ इल चिनियाँ नेता जियाङ जेमिनको निमन्त्रणामा बेइजिङ पुगेका थिए। 

सन् २००९ मा दक्षिण कोरियाली समाचारमा प्रकाशित एक रिपोर्ट अनुसार रेलले एकैपटक ९० वटा बख्तरबन्द गाडी बोक्न सक्छ। यो रेलको अघि र पछि दुई वटा रेल कुद्छन्। जसले सुरक्षा नेतृत्व गर्छन्। 

रेल भित्र आरामदायी सुविधाहरू जोडिएका छन्।  रेलभित्र गुलाबी रंगका सोफा सजाइएको छ। यही रेलभित्र किमले चिनियाँ अधिकारीहरूसँग समेत भेटवार्ता गरेका थिए। यहाँ उनले चिनियाँ अधिकारीहरूलाई खाना र पेयसहित स्वागत गरेका थिए। 

यसको बनोटका कारण यो रेलको गति ३७ माइल प्रतिघण्टा रहेको छ। तर भित्र यसको बनोट हाइटेक र आरामदायी छ। रेलभित्र रेस्टुरेन्ट बार समेत रहेको छ। 

सन् २००१ मा किम जोङ इलको रुस भ्रमणका क्रममा सँगै यात्रा गरेका रुसी अधिकारी कोन्स्टान्टिन पुलिकोभास्कीका अनुसार रेलभित्रको बारमा पेरिसबाट मगाइएका फ्रान्सेली वाइन र रक्सीहरूले भरिएको थियो।
 
बेइजिङ यात्राका क्रममा उत्तर कोरियाली नेता किमले चिनियाँ रक्सी तथा वाइनहरूसमेत थपेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell