PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

अन्तरकोरियाली शिखर सम्मेलन अप्रिल २७ मा 



पहिलोपोस्ट

अन्तरकोरियाली शिखर सम्मेलन अप्रिल २७ मा 
दक्षिण कोरियाली एकता मन्त्री चो मियोङ (बायाँ) र उत्तर कोलियाली प्रतिनिधि रि सन। फोटोः एपी

सोलः उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनबीचको भेटवार्ताको मिति तय भएको छ। दुई देशका नेताहरू कोरियाली पर्याद्वीपमा भएको विवाद समाधानका लागि शिखर सम्मेलनमा भेट्ने तयारी गरेका हुन्।
 
अप्रिल २७ मा दुई देशको सीमा रहेको पान्मुन्जोम गाउँमा दुई नेताहरूबिच भेट हुने दक्षिण कोरियाले बिहीबार घोषणा गरेको एपीले जनाएको छ। 
दुई देशका अधिकारीहरूबिच पान्मुन्जोममा भएको छलफलपछि मिति तय भएको हो। दुई देशले सम्मेलनको तयारीका लागि अप्रिल ४ मा अर्को बैठक बस्ने सहमति भएको छ। 

सो बैठकमा सुरक्षा, मिडिया कभरेज तथा पदीय मर्यादाका विषयमा छलफल हुने बैठकपछि जारी संयुक्त वक्तव्यमा उल्लेख छ। 

सन् १९४५ मा विभाजन भएका दुई देशबिच सन् १९५०–५३ को कोरियाली युद्धपछि दुई पटक शिखर वार्ता भएको छ। यसअघि २००० र २००७ मा शिखर वार्ता भएका थिए। अप्रिल २७ का लागि तय भएको वार्ता तेस्रो शिखर वार्ता हो। 

दक्षिण कोरियाका एकता मिन्त्र चो मियोङले भेटले दुई देशबिचको तनाव कम गर्ने विश्वास व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell