PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

‘ड्रिम गर्ल’ आउँदो असारमा



पहिलोपोस्ट

‘ड्रिम गर्ल’ आउँदो असारमा

काठमाडौं: निर्देशक ऋषिराज आचार्यको फिल्म ‘ड्रिम गर्ल’को रिलिज टार्गेट तय भएको छ। फिल्म असार २९ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने भएको हो।

आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डितलगायतको अभिनय रहेको फिल्म काठमाडौं, मुस्ताङ तथा थाइल्याण्डमा छायांकन भएको छ। फिल्मलाई निर्देशक ऋषिराजले नै निर्माण गरेका हुन्।

आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथा बोल्ने फिल्ममा अर्जुन पोखरेलले संगीत दिएका छन्। राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell