काठमाडौं: फिल्म 'नेप्टे' युनिटले प्रचारको लागि तेश्रो गीत सार्वजनिक गरेको छ। भिडियोसहित 'आँखा छ चिम्रो' बोलको गीत युट्युब रिलिज भएको छ।
सार्वजनिक गीतमा विषण राई र दिपा लामाको स्वर रहेको छ भने शब्द र संगीत नायक तथा निर्माता रोहित रुम्बाको रहेको छ। गीतमा रोहितसँगै बुद्धी तामाङ, अर्जुन गुरुङ र नायिका पुर्णिमा लामा फिचर्ड छन्। गरिएको छ।
गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन्। किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका हुन्।
हरी घले लामाले खिचेको फिल्ममा सन्तोष राज, बाबु बोगटी, ओम सुनारको संगीत रहेको छ। फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्ममा छुल्ठिम र रोहितको प्रेममा दयाहाङ राई भिलेन बनेका छन्।