PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

निर्माता बनेकी केकी अधिकारीको चार पोज



पहिलोपोस्ट

निर्माता बनेकी केकी अधिकारीको चार पोज

काठमाडौं: अभिनेत्री केकी अधिकारी अब निर्माता पनि बनेकी छिन्। फिल्म 'कोहलपुर एक्सप्रेस'बाट उनले निर्माण डेब्यु गरेकी हुन्। केकी अधिकारीले फिल्ममा अभिनय समेत गरेकी छिन्। श्रवण शक्ति कमजोर भएकी र जसरी हुन्छ पैसा कमाउने होडमा रहेकी युवतीको भूमिका निभाएकी छिन्।

बुधबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर रिलिज गरियो। कार्यक्रममा केकीले आफू फिल्म र दर्शक दुबैप्रति आफू उत्तिकै आशावादी रहेको बताइन्। भनिन्,'अभिनेत्रीको रुपमा काम गर्नु र निर्माताको रुपमा काम गर्नु दुई फरक प्रफेसनमा हुनुजस्तै रहेछ। यो फिल्म मेरो परिक्षा हो। दर्शकको साथको अपेक्षा छ।'

कमेडी जनराको फिल्मको ट्रेलर रिलिजपछि केकीले दिएको चार पोज। 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell