PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

संघीय संसदमा राष्ट्रपति भण्डारीको १५ मिनेट सम्बोधन: भ्रष्टाचार, दमन र उत्पीडन अन्त्य गर्न आह्वान



पहिलोपोस्ट

संघीय संसदमा राष्ट्रपति भण्डारीको १५ मिनेट सम्बोधन: भ्रष्टाचार, दमन र उत्पीडन अन्त्य गर्न आह्वान

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले समुन्नत समाज निमार्णको अभियानमा लाग्न सबैलाई आह्वान गरेकी छिन्।
 
आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक संविधान सभाबाट संविधान जारी भइ मुलुक समृद्धिको दिशामा अगाडि बढेको बताइन्। 

‘संविधान कार्यान्वयनका लागि भएका तीन तहका निर्वाचनले संविधान कार्यान्वयनसँगै समृद्ध नेपाल निर्माण गर्ने ढोका खुला गरेको छ,’ राष्ट्रपति  भण्डारीले भनिन्, ‘हामीमाझ असाधारण सम्भावनाको ढोका खुला छ, समृद्ध नेपाल खुसी नेपालीको हाम्रो अभियान सफलता प्राप्त गर्ने दिशामा अगाडि बढाएको छ।’ 

राष्ट्र र समृद्धि प्राप्तिका लागि भ्रष्टाचार, दमन, उत्पीडन र अशान्तिको अन्त्य गर्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन्। 

राष्ट्रपति भण्डारीले युवाहरु विदेश पलायन भइरहेको अवस्थालाई रोक्नका लागि आवश्यक कदम चाल्न समेत आग्रह गरेकी छिन्। ‘युवाहरु विदेश पलायन भइरहेका छन्, युवा जोस जाँगरलाई देश निर्माणमा भरपर्दो रुपमा लगाउन भूमिका खेल्नु हुने विश्वास गर्छु,’ उनले भनिन्, ‘नेपाल सामाजिक आर्थिक र सांस्कृतिक रुपमा अगाडि बढेको भन्दै संविधान कार्यान्वयन तथा समृद्धिका लागि सबैले भूमिका खेल्नुहुने छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell