PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सदनमा नयाँ अभ्यास: उपराष्ट्रपतिलाई ड्यासमै आसन



बीपी साह

सदनमा नयाँ अभ्यास: उपराष्ट्रपतिलाई ड्यासमै आसन

काठमाडौं: संघीय संसदको दुबै सदनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रममा उपराष्ट्रपति नन्दकिशोर पुन पनि डायसमा बसेका थिए।

राष्ट्रपतिले प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र संघीय संसदका सदस्यहरुलाई सम्बोधन गरिन् तर संगै बसेका उपराष्ट्रपतिलाई सम्बोधन गरिनन्।

पहिले उपराष्ट्रपतिलाई सदनको ड्यासमा बसाउने चलन थिएन। पहिलो पटक बिहीवार उपराष्ट्रपतिलाई सदनको ड्यासमा बसाइयो।
आजबाट नयाँ अभ्यास थालिएको जनाउँदै संसद सचिवालयले उपराष्ट्रपतिलाई असहज महसुस नहोस् भनी ड्यासमै आसन दिइएको जनाएको छ।

‘उपराष्ट्रपतिलाई ड्यासमै बसाउन चलनै त छैन। हामीले नयाँ अभ्यास थालेका हौं,’ संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले पहिलोपोस्टसँग भने,‘उपराष्ट्रपतिलाई अन्यत्र राख्दा असहज महसुस हुने देखियो। त्यसकारण उहाँलाई पनि डायस् मै राखियो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell