PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

अस्थायी शिक्षकको परीक्षा रोक्न माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन



पहिलोपोस्ट

अस्थायी शिक्षकको परीक्षा रोक्न माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

काठमाडौँः चैत २३ गतेका लागि तय भएको अस्थायी शिक्षकको परीक्षा रोक्न माग गर्दै विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन्। अनेरास्ववियु, नेविसंघ तथा अनेरास्ववियु क्रान्तिकारीले संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै परीक्षा रोक्न माग गरेका हुन्।

त्रिभुवन विश्वविद्यालय गेटमा विद्यार्थीले टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।

खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिको माग गर्दै विद्यार्थीहरु अनशनमा समेत छन्। आन्तरिक प्रतिस्पर्धालाई प्राथमिकता दिएर शिक्षक छानेर योग्यता पुगेका अन्य व्यक्तिलाई प्रतिस्पर्धाको मौका नदिएको भन्दै संगठनले विरोध जनाउँदै आएका छन्।

यस्तै शतप्रतिशत रिक्त दरबन्दी एक पटकका लागि आन्तरिक प्रतिस्पर्धाबाट मात्र पदपूर्ति हुनेपर्ने मागसहित शिक्षकको एक समूह पनि अनशनमा छ।

६ लाखभन्दा बढी विद्यार्थी अध्यापन अनुमतिपत्र लिएर बसेको अवस्थामा आन्तरिक प्रतिस्पर्धालाई हाबी नबाइनु गलत भएको विद्यार्थी संगठनको माग छ।

शिक्षा ऐन आठौँ संशोधनले अस्थायी शिक्षकलाई गोल्डेन ह्यान्डसेक वा परीक्षा एकको विकल्प दिएको थियो। यस्तै कूल दरबन्दीको ४९ प्रतिशत आन्तरिक र ५१ प्रतिशत खुला प्रतिस्पर्धा हुने व्यवस्था संसदबाट पारित भएको थियो।

तर, गोपालमान श्रेष्ठ शिक्षामन्त्री हुँदा ऐनको नवौँ संशोधनबाट आन्तरिक प्रतिस्पर्धाबाट छनोट हुने शिक्षक कूल दरबन्दीको ७५ प्रतिशत पु¥याइएको थियो। भने, परीक्षामा सामेल भइ फेल भएको अवस्थामा पनि शिक्षकलाई आर्थिक सुविधा दिनेगरी ऐन संशोधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell