काठमाडौंः बाँके जिल्लाको डुडुवा गाउँपालिका ३ बनकट्टीमा स्थानीय सञ्जय बर्माले आफ्नै श्रीमतीको गोली हानी हत्या गरेका छन्।
बिहीबार राति सामान्य विवादमा बर्माले २७ वर्षीया शान्ति देवीलाई गोली हानि हत्या गरेका हुन्। बर्माले आफूलाई श्रीमतीले मार्ने आशंकामा गोली हानेको प्रहरी अनुसन्धानमा खुलेको छ।
बर्मा केही समयदेखि मानसिक रोगको उपचार गराइरहेका थिए। बर्माले हत्या गर्ने प्रयोग गरिएको बन्दुक प्रशासन कार्यालयबाट इजाजत प्राप्त रहेको खुल्न आएको छ।