PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राहीलाई दुःख दिने पक्राउ



पहिलोपोस्ट

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, सेवाग्राहीलाई दुःख दिने पक्राउ

काठमाडौंः सरकारी कार्यालयमा सेवाग्राहीलाई दुःख दिने विचौलियालाई प्रहरीले पक्राउ गरेको छ। 

यातायात व्यवस्था कार्यालय बागमतीको मोटरसाइकल शाखा सतुगंलमा सेवाग्राहीबाट दश गुणा रकम लिई काम गरिदिने विचौलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

एसएपी पोखरेलले भने, 'सेवाग्राहीलाई अनावश्यक रकम लिएर दुख दिनेलाई नियन्त्रणमा लिएका हौं।' प्रहरीमा बिचौलियबाट हैरानी भएको उजुरीको आधारमा ९ जनालाई पक्राउ गरिएको एसएसपी पोखरेलले बताए। 

उनीहरुलाई प्रहरीले सार्वजनिक मुद्धामा अदालतबाट म्याद थप गरि अनुसन्धान गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell