PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति



पहिलोपोस्ट

मन्त्रीहरुको सेवा सुविधामा सैद्धान्तिक सहमति

हेटौँडाः प्रदेश नं ३ को मन्त्रीहरुको सेवा सुविधाको विषयमा सैद्धान्तिक सहमति भएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले मन्त्रीहरुको सेवा सुविधाको सैद्धान्तिक सहमति र गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि गरी जम्मा दुईवटा निर्णय गरेको छ।

बैठकले प्रदेशसभाको बैठकमा पेश गर्नका लागि गाउँसभा र नगरसभा सञ्चालन गर्नका लागि कार्यविधि तयार गरेको सरकारको प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए।

प्रवक्ता ढुंगेलले स्थानीय जनप्रतिनिधिको सेवा सुविधा फेरबदल हुन सक्ने बताए। उनका अनुसार स्थानीय तहका कार्यपालिका र जिल्ला समन्वय समितिका सदस्यहरुले माग गरेको सेवा सुविधाको सम्बन्धमा पनि मन्त्रिपरिषद्मा छलफल हुनेछ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell