PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

विवेकशील साझाको प्रदेश ५ संयोजकमा सैंजु



पहिलोपोस्ट

विवेकशील साझाको प्रदेश ५ संयोजकमा सैंजु

काठमाडौं: विवेकशील साझा पार्टीले प्रदेश नं ५ को संयोजकमा प्रतिष्ठित  समाजसेवी तथा व्यवसायी अनुपमान सैंजुलाई चयन गरेको छ।
आज बुटवलमा पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापा, प्रदेश ६ र ७ का संयोजक क्रमश: गेहेन्द्र दाहाल र गोपाल हमाल तथा सङ्गठन विभागका प्रमुख मुमाराम खनालको उपस्थितिमा आयोजित एक कार्यक्रममा सैंजुको नाम सार्वजनिक गरिएको हो। 

संयोजकमा चयन भएपछि सैंजुले आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढ्न लागेको विवेकशील साझा पार्टीमा संलग्न भएर पार्टी तथा राष्ट्र निर्माणमा होमिन पाएकोमा अत्यन्तै खुसी र उत्साहित भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell