PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

बिदा कटौति लोकतन्त्रविरोधी कदम: कांग्रेस सांसद बडू



पहिलोपोस्ट

बिदा कटौति लोकतन्त्रविरोधी कदम: कांग्रेस सांसद बडू
फोटो: बडूको फेसबुकबाट

काठमाडौं: नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले मन्त्रिषरिषद्ले गरेको बिदा कटौतीको विरोध गरेको छ। आज प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै सांसद बडूले फागुन ७ र माघ १६ को बिदा कटौति लोकतन्त्रविरुद्ध भएको आरोप लगाएका छन्।

'सुन्नमा आए अनुसार सरकारले फागुन ७ र माग १६ को बिदा पनि कटौती गरेको छ। फागुन ७ प्रजातन्त्र दिवस हो। सबैभन्दा पहिले जनताले लोकतन्त्र पाएको दिन,' बडुले भने, ' त्यस्तै माघ १६ सहिद दिवस हो। यसरी बिदा कटौति गर्ने कदम लोकतन्त्रविरुद्ध छ।'

उनले एेतिहासिक दिनको बिदा कतौति तत्काल फिर्ताको माग समेत गरेको छ। प्रतिनिधि सभामा सांसदहरुले बोल्ने क्रम जारी रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell