PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

फ्राइडे रिलिज: पर्दामा दुई नयाँ विदेशी फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिज: पर्दामा दुई नयाँ विदेशी फिल्म

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म सार्वजनिक भएन। गत साता प्रदर्शनमा आएको फिल्म 'शत्रु गते'ले नै सो पाउने क्रम जारी छ।

बलिउडतर्फ भने 'बाघी २' रिलिज भयो। टाइगर श्रफ र दिशा पटानीको लिड अभिनय रहेको फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन्। साजिद नाडीयडवालाको निर्माण रहेको फिल्ममा मनोज बाजपाई, रणदीप हुड्ड लगायतलाई पनि देख्न सकिन्छ। फिल्म बाघीको दोस्रो संस्करणले सिंगल स्क्रिन तथा मल्टिप्लेक्समा सो पाएको छ।

हलिउडमा भने अस्कर २०१८ को लागि सर्वाधिक १३ विधामा मनोनित फिल्म ‘द सेप अफ वाटर’ रिलिज भयो। गुईलर्मो टोरो निर्देशित फिल्म उत्कृष्ट घोषित समेत भएको हो। अमेरिकी फ्यानटासी ड्रामामा स्याली हक्विन्स, माइकल स्यानन, रिचार्ड जेन्किन्स, डो जोन्स लगायतको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell