काठमाडौं: हिजोआज फिल्म प्रचारको लागि मोफसल यात्रा, घुम्ति कन्सर्ट र दर्शकसँगको प्रत्यक्ष अन्तरक्रिया सजिलो माध्यम बनेको छ। नयाँ वर्षको पूरुव सन्ध्यामा प्रदर्शन हुने फिल्म लिलिबिली युनिटले पनि मोफसल यात्रालाई प्रचारको अस्तु बनायो। फिल्म युनिट विहीबारमात्र आफ्नो यात्रा सक्काएर काठमाडौं फर्किएको छ।
चितवनबाट सुरु भएको यात्रा पुर्वको दमक, धरान हुँदै बिर्तामोडमा पुगेर टुङ्गियो। यात्रामा फिल्म युनिटले कन्सर्ट र दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्यो। यात्रामा अभिनेता प्रदीप खड्का, जसिता गुरुङ, निर्देशक मिलन चाम्स, निर्माता सुदिप खड्का, नेपाल आइडलका गायक प्रताप दास, गायक एसडी योगी र गायिका मेचु धिमाल रहेका थिए।
फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ। फिल्ममा अर्जुन जिसीको सम्पादन, चन्द्र पन्तको एक्सन र सुदिप बरालको छायाँकन छ।