काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अहिलको अर्थतन्त्र चुनाैतीपूर्ण रहेको बताएका छन्। मुलुकको आर्थिक अवस्था र भविष्यमा चाल्नुपर्ने रणनीतिसहितको श्वेतपत्र संसदमार्फत सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्।
अर्थमन्त्री खतिवडाले अहिलेको अर्थतन्त्र चुनौतीपूर्ण भएको र अर्थतन्त्र अनौपचारिक रुपमै रुमलिएको बताए।
उनले वैदेशिक सहायता आउन कम भएको र रेमिटेन्स समेत कम भएको भन्दै बजेट अनुशासन उल्लघंन भएर देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको जानकारी गराए।
'विद्यमान अर्थतन्त्र चूनौतीपूर्ण छ। हरेक व्यापारिक कार्य गर्न चूनौती छ। अर्थतन्त्र अनौपचारिक रुपमा रुमल्लिएको छ,' उनले भने, 'वैदेशिक सहायता आउन छाडेको छ, विप्रेषणमा समेत कमी आएको छ, आन्तरिक पुँजीबजार सबल हुन सकेको छैन।'
अर्थमन्त्री खतिवडाले विकास आयोजनाको गति धिमा भएको भन्दै योजनाहरु समयमै सम्पन्न हुन नसक्दा समस्या अाएको समेत बताए। 'बजेट अनुशासन उल्घंघन भएकाले देशको ढिकुटी रित्तो छ,' उनले भने।
नेपालको लगानीको वातावरण समेत सहज नभएको भन्दै उनले सन २०२२ मा विकासशिल राष्ट्र हुन असम्भव देखिएको बताए।