PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

यी चार माग पूरा नगरे डा केसी फेरि अनशन बस्ने



पहिलोपोस्ट

यी चार माग पूरा नगरे डा केसी फेरि अनशन बस्ने

काठमाडौँः डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश यथावतरुपमा पारित नगरे अनशन बस्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा अध्यादेश पारित नभए अहिलेसम्म पाएका उपलब्धि गुम्ने खतरा रहेको भन्दै डा केसीले प्रेस विज्ञप्ति जारी गर्दै चार वटा मागहरू प्रस्तुत गरेका छन्।

यी हुन् चिकित्सक केसीका चार मागः 
१) चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसद्मा पेस गरेर यथारुपमा पारित गरियोस्। 

२) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरूलाई आयोगको सिफारिस बमोजिम कारबाही गरियोस्। त्रिविले खोसेका अधिकारहरू आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस्। 

३) त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरूमा सरकारले तोके अनुरूप स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गरियोस्। 

४) गोपाल पराजुलीमाथि छानबिन गरेर उचित कारबाही गरियोस्। उनले अहिलेसम्म सरकारी कर्मचारीहरूलाई धम्क्याएर आफ्नो किर्ते उमेर कायम गर्न र अवैध राजीनामालाई वैध बनाउन गरेको प्रयासबारे समेत छानबिन गरियोस्। पराजुलीको अवकाश सम्बन्धी न्याय परिषद्को निर्णयविरुद्ध राज्यका अन्य अंगले चालिरहेका नाजायज कदमहरू तत्काल बन्द गरियोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell