PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

बलात्कार विरुद्ध दमकमा युवा, हेर्नुस् १० फोटोमा



पहिलोपोस्ट

बलात्कार विरुद्ध दमकमा युवा, हेर्नुस् १० फोटोमा

दमक: झापा, दमकस्थित दमक पब्लिक लाइब्रेरी युथ टिमले बलात्कार विरुद्ध कार्यक्रम आयोजना गर्‍यो। विहीबार दमकमा एक दिने सचेतनामुलक महिला हिंसा तथा बलात्कार विरुद्ध शान्तिपूर्ण प्रदर्शन भएको हो। कार्यक्रममा ५०० भन्दा बढी युवा सहभागिता रहेको थियो। 

'पहिरन हैन सोच बदलौं', 'बलात्कारीलाई जेल हैन फाँसी', 'प्रशासनको चुपतन्त्र अपराधीको लुटतन्त्र' लगमयतका नाराससहित युवाहरु सडकमा उत्रिएका थिए। दमक गोर्खा डिपार्टमेन्टबाट सुरु भएको दवावपूर्ण र्‍याली जेसिस चोक, प्रहरी कार्यालय दमक, बसपार्क हुँदै पुन: गोर्खा डिपार्टमेन्ट पुगेर कोणसभामा परिणत भयो।  

दमक पब्लिक लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। महिला हिंसा विरुद्धको उक्त कार्यक्रममा दमक प्रहरीका प्रमुख डिएसपी दिपक गिरी, पाथवे नेपालकी प्रमुख निर्मला चौधरी, दमक रेडक्रस सोसाइटीका सभापति प्रकाश बुढाथोकीको उपस्थिति रहेको थियो। 

रचनात्मक प्रस्तुतिसमेत दिइएको कार्यक्रमलाई दमक पब्लिक लाइब्रेरी युथ टिमका अध्यक्ष दधिराम ढकालले संयोजन तथा संचालन गरेका थिए।  
 

 

 

 

 

 

फोटो: अफबिट फोटोग्राफी, जोनस बिस्ट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell