PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

नेपालको चीन–भारत सम्बन्धबारे यस्तो आयो चीनको धारणा



पहिलोपोस्ट

नेपालको चीन–भारत सम्बन्धबारे यस्तो आयो चीनको धारणा

काठमाडौँः चीनले नेपाल सरकारको परराष्ट्रनीतिको स्वागत गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार नेपालको परराष्ट्र नीतिको स्वागत गरेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न व्रिफिङ गरेका थिए। 

परराष्ट्र प्रवक्तालाई नेपाल चीन तथा भारतको सम्बन्धको बारेमा प्रश्न गरिएको थियो। जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको चीन सरकारले सधैँ समर्थन र सम्मान गर्ने बताए।

उनले चीनले नेपालको विकासमा सहयोग पुर्‍याउने बताए। ‘चीन नेपाल र भारत महत्त्वपूर्ण छिमेकी हुन र हामी विश्वास गर्छौँकी तीनै पक्ष साझा विकासको उपलब्धि प्राप्ति गर्नका लागि एक जुट भएर काम गर्न सक्छन्,’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell