काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललार्इ दिएका छन्। स्वास्थ्य राज्यमन्त्री रहेकी अार्याललार्इ प्रधानमन्त्री अोलीले मन्त्रालयको पूर्ण जिम्मेवारी दिएका हुन्।
यसअघि प्रधानमन्त्री अोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय आफू मातहत राखेका थिए।
'प्रधानमन्त्री ज्यूले मन्त्रालयको पूर्ण जिम्मेवारी राज्यमन्त्री मद्मा अर्याललार्इ दिनु भएको छ,' प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बझगार्इँले भने, 'अब राज्यमन्त्रीले मन्त्रीकै हैसियतले क्याबिनेट मिटिङमा सहभागी भएर मन्त्रालयका तर्फबाट प्रस्ताव लैजान पाउनुहुनेछ।'
राज्यमन्त्री अर्याल एमालेकी केन्द्रीय सदस्यसमेत हुन्। उनले स्याङजा क्षेत्र नं. २ मा काँग्रेस नेता तथा तत्कालीन उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरेकी हुन्।