काठमाडौं: अकुत सम्पत्तिको मुद्दा खेपिरहेका पूर्वसांसद सञ्जय साहविरुद्द विशेष अदालतमा सम्पत्ति शुद्दीकरणको मुद्दा दायर भएको छ। सम्पत्ति शद्धीकरण अनुसन्धान विभागले शुक्रबार मुद्दा दायर गरेको हो। साहसहित १३ जनाविरुद्ध मुद्दा दर्ता भएको हो।
जनकपुर बम काण्डको मुख्य अभियुक्त साह पुर्पक्षका लागि थुनामा छन् । विभागले साहले ३२ करोड ४ लाख ५० हजार ३०४ रुपैयाँ सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरी शुद्दीकरण गरेको दाबी गरेको छ। उनले गैरकानुनी रुपमा कमाएको सम्पत्ति शुद्धीकरण गर्न सहयोगीको भूमिका खेलेको भन्दै विभागले श्रीमती रमिलाकुमारी साहसँग पनि ७ करोड ६६ लाख रुपैयाँ बिगो दाबी गरेको छ।
विभागले साहका बाबु, आमा, बहिनी र व्यवसायिक साझेदारलाई पनि विपक्षी बनाएको छ। साहविरुद्ध विशेषमा अकुत सम्पत्ति मुद्दा विचाराधीन छ। ३१ करोड ५० लाख बिगो दाबीको उक्त मुद्दामा विशेषले ५० लाख धरौटी मागेको थियो।