काठमाडौं: फान अवार्डको दोस्रो संस्करणमा ‘छक्का पञ्जा’ उत्कृष्ट फिल्म घोषित भएको छ। नेपाल चलचित्र कलाकार संघको आयोजना रहेको ‘फान अवार्ड २०७३’मा उत्कृष्ट कथाको अवार्ड भने फिल्म ‘जात्रा’ले हात पार्यो।
फिल्मको कथा निर्देशक समेत रहेका प्रदीप भट्टराईले लेखेका हुन्। जात्राको लागि अर्को शीर्ष अवार्ड ‘उत्कृष्ट अभिनेता’ विपिन कार्कीले जिते। उत्कृष्ट अभिनेत्री भने फिल्म ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले पाइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न फान अवार्ड २०७३ मा उत्कृष्ट निर्देशक ‘गाजलु’ फिल्मका लागि हेमराज बिसी घोषित भए। २४ विधामा वितरण गरिएको अवार्डमा सर्वाधिक धेरै अवार्ड फिल्म छक्का पञ्जाले जितेको छ।
यस्तो छ विजेता सूची:
उत्कृष्ट फिल्मः छक्का पञ्जा
उत्कृष्टः निर्देशकः हेमराज बिसी, गाजलु
उत्कृष्टः अभिनेताः विपिन कार्की, जात्रा
उत्कृष्ट अभिनेत्रीः सृजना सुब्बा, डाइङ क्याण्डल
उत्कृष्ट कथाः जात्रा
उत्कृष्ट पटकथाः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट नव निर्देशकः दीपाश्री निरौला, छक्का पञ्जा
उत्कृष्ट नव नायकः आर्यन अधिकारी, के म तिम्रो होइन र
उत्कृष्ट नव अभिनेत्रीः सृष्टि श्रेष्ठ, गाजलु
उत्कृष्ट सह अभिनेताः जितु नेपाल
उत्कृष्ट सह अभिनेत्री: मेनुका प्रधान, गाजलु
उत्कृष्ट चरित्र अभिनेताः सन्तोष पन्त, किस्मत २
उत्कृष्ट चरित्र अभिनेत्रीः गौरी मल्ल, के म तिम्रो होइन र
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे, छक्का पञ्जा
उत्कृष्ट खलपात्रः दीपकराज गिरी, छक्का पञ्जा
उत्कृष्ट संवादः दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल – छक्का पञ्जा
उत्कृष्ट द्वन्द्व निर्देशकः एनबी महर्जन, जय परशुराम
उत्कृष्ट सम्पादनः मित्र डी गुरुङ, जात्रा
उत्कृष्ट छायांकनः रविन आचार्य, डाइङ क्याण्डल
उत्कृष्ट गीतकारः डा. कृष्णहरी बराल, शब्द
उत्कृष्ट गायकः कालिप्रसाद बाँस्कोटा, पुरानो डुङ्गा
उत्कृष्ट गायिकाः मीना निरौला, लुट २
उत्कृष्ट संगीतकारः राजनराज शिवाकोटी, छक्का पञ्जा
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज, छक्क पञ्जा