PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कांग्रेस नेता खड्काको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त



पहिलोपोस्ट

कांग्रेस नेता खड्काको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा दु:ख व्यक्त

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता खुमबहादुर खड्काको निधनप्रति दु:ख व्यक्त गरेका छन्। आज साँझ सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री ओलीले खड्काको निधनले स्तब्ध भएको जनाएका छन्।
 

'नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको खबरले म स्तब्ध भएको छु। स्वर्गीय खड्काप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना ब्यक्त गर्दछु,' प्रधानमन्त्री ओलीले भनेका छन्।

खड्काको उपचारको क्रममा भारतको एपोलो अस्पतालमा आज साँझ निधन भएको हो। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका थिए। देउवाले नेपालमा लोकतन्त्र स्थापना र पुनस्थापनामा सक्रिय भूमिका निर्वाह गरेका खड्काको निधनले आफू स्तब्ध भएको जनाए।

सभापति देउवाले दु:ख व्यक्त गर्दै भने, 'लामो समय प्रवास र जेल जीवन व्यतित गर्नु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री खुमबहादुर खड्काको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व. खड्काले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो। मेरा पुराना एवं आत्मीय साथीको निधनले नेपाली कांग्रेस र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु।” 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell