PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

कानुनी विभेदमा कुष्ठरोग पीडित, 'विवाह भए बदर हुने'



पहिलोपोस्ट

कानुनी विभेदमा कुष्ठरोग पीडित, 'विवाह भए बदर हुने'

ललितपुरः कुष्ठरोग प्रभावित व्यक्ति कानुनी विभेदमा परेका छन्। साविक मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न, गराउन नहुने र विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरु कानुनी विभेदमा परेका हुन्।

चिकित्सा कानूनमा विद्यावारिधि अधिवक्ता डा रमेश पराजुलीले राज्यले भेदभावविरुद्धको अधिकार संविधानमा व्यवस्था गरे पनि यस्ता कानुन नहटेको बताए। “संविधानमा भएका व्यवस्थासमेत कानुन परिमार्जन नहुँदा कार्यान्वयन हुन सक्दैन। कानुनी व्यवस्था अझै पछि धकेलिएको छ”, उनले भने  “पहिले हटिसकेको यो विषय नयाँ पारिवारिक कानुनमा थपिएको छ।”

 बुझ पचाएर राज्यले कुष्ठरोग प्रभावितलाई विभेद गरेको उनको भनाई छ।

संविधान बन्ने क्रममा द लेप्रोसी मिसन संस्थाले सभासद्लाई बोलाएर सो विषयमा ध्यानाकर्षण गराएको आनन्दवन अस्पतालका तालिम संयोजक गोपाल पोखरेलले बताए। “एकातिर कुष्ठरोग निको हुने रोग भन्ने र अर्कातिर विवाह गर्न नहुने र गरेमा रद्द हुने भनेर राज्यले दोहोरो चरित्र देखाएको छ”, उनले भने, “औषधिको सेवनपछि रोग नसर्ने हुँदा यो रोगबाट प्रभावितलाई विभेद गर्न हुँदैन।”

सरकारले सात वर्ष पहिले रोग निवारणको घोषणा गरे पनि वर्षेनि झण्डै करिब तीन हजार कुष्ठरोगका नयाँ बिरामी देखिएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell