PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ



पहिलोपोस्ट

श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाडौं: शुक्रवार श्रीमतीको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २१ वर्षिय प्रकाश तामाङलाई पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। 

बिहीबार तामाङले काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित दिदीको डेरामा बसिरहेकी २३ वर्षिय रमिता तामाङको हत्या गरी फरार भएका थिए। 

६ वर्ष अगाडि विवाह गरेका तामाङ दम्पतीबिच केही समययता मनमुटाव सुरु भएको थियो। उनीहरू एक महिनादेखि छुट्टाछुटै बस्दै आएका थिए। 

श्रीमतीले बाहिरी केटाहरूसँग सम्बन्ध राखेको विषयलाई लिएर उनीहरू बिच विवाद भएको प्रहरी अनुसन्धानमा देखिएको छ। यही विषयलाई लिएर प्रकाशले केही समय अगाडी विष सेवन गरेको देखिएको एसपी उप्रेतीले जानकारी दिए।

प्रकाश हत्या भएको दिन श्रीमती भेट्न नैकाप आएका थिए। कुवामा लुगा धोईरहेकी श्रीमतीसँग पुनः विवाद भई प्रकाश घर भित्रबाट धारिलो छुरी ल्याई श्रीमतीको कोखा, पेट ,ढाडमा  प्रहार गरी फरार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell