PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

बालुवाटार घेर्न पुगेका कृष्ण पहाडी सहित ३५ मानवअधिकारकर्मी प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

बालुवाटार घेर्न पुगेका कृष्ण पहाडी सहित ३५ मानवअधिकारकर्मी प्रहरी नियन्त्रणमा
File Photo

काठमाडौं: प्रहरीले ३५ जना मानव अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिएको छ। 

टिकापुर घटनालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मानव अधिकारकर्मीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी विश्वराज पोखरेलले जानकारी दिए। 

प्रहरीले मानव अधिकारमर्की कृष्ण पहाडी, होमनाथ चौलागाई, गंगाधर अधिकारी लगायत ३५ जनालाई नियन्त्रणमा लिएको हो। 

प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेकाले नियन्त्रणमा लिएको एसएपी पोखरेलले जानकारी दिए। उनीहरुलाई पुलिस क्लवमा राखिएको छ।
कैलालीको टिकापुरमा भएको घटनाका दोषीलाई सरकारले उन्मुक्ति दिन लागेको भन्दै उनीहरुले शनिवार बालुवाटर घेराउको कार्यक्रम राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell