PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

सरकारी अस्पतालमा अप्रेसन गर्न पालो कुर्दाकुर्दै अब कोही मर्नुपर्दैन : स्वास्थ्य राज्यमन्त्री अर्याल



चन्द्रकान्त खनाल

सरकारी अस्पतालमा अप्रेसन गर्न पालो कुर्दाकुर्दै अब कोही मर्नुपर्दैन : स्वास्थ्य राज्यमन्त्री अर्याल

रुपन्देहीः स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले  लुम्बिनी अञ्चल अस्पतालको अनुगमन गरेकी छिन्। अस्पताल अनुगमन गर्दै राज्यमन्त्री अर्यालले संघीय सरकारले ६ वटा अस्पताल लाई केन्द्रीय अस्पतालमा राखेको समेत बताइन्। 

उनले लुम्बिनी अञ्चल अस्पताललाई आवश्यक सुधारको पहल गर्ने प्रतिबद्धता समेत जनाइन्। अस्पतालको सुधारका लागि स्थानीय सरकारले ध्यान दिनु पर्ने उनको भनाइ थियो। 

राज्यमन्त्री अर्यालले अस्पताल केन्द्रीय नीति अनुसार चल्नुपर्ने बताइन्। ‘मैले सुने अनुसार अधिकांश अस्पताल अव्यवस्थित तरिकाले चलेका छन्, करारमा राखिएका कर्मचारीले भन्दा सरकारी कर्मचारीले नै बढी ठग्ने गरेको पाइन्छ,’ उनले भनिन्, ‘ट्रमा सेन्टरमा कारारमा राखिएका कर्मचारी र वीर अस्पतालका स्थायी कर्मचारीको व्यवस्थापन र सरसफाइले पनि स्पष्ट देखाएको छ।’ 

राज्यमन्त्री अर्यालले मन्त्रालयमा सुर्तीेजन्य बस्तु निषेध गरेको बताउँदै सबै अस्पतालमा यो व्यवस्था लागु गर्ने बताइन्। फोहर–मैलाको कारण अस्पतालमा आउने बिरामी झन् बिरामी हुने अवस्था आएको भन्दै उनले फोहोर व्यवस्थापनलाई ध्यान दिन समेत निर्देशन दिइन्। 

सरकारी अस्पतालहरूमा अप्रेसन गर्न पालो कुर्दाकुर्दै ज्यान जाने अवस्था रहेको तितो यर्थात सुनाउँदै दुई सिफ्ट संञ्चालन गरेर भए पनि समयमै उपचार गर्ने व्यवस्था मिलाउने बताइन्। उनले समस्या समाधानका लागि केन्द्रमा छलफल भइरहेको समेत जनाइन्। ‘सुविधा बढाएर हुन्छ वा नयाँ करारमा ल्याएर कसरी हुन्छ त्यसलाई व्यवस्थित गरिन्छ,’ उनले भनिन्। 

अस्पतालमा भएको कार्यक्रममा बोल्दै अस्पतालका मेसु डा. कृष्ण खनालले अस्पतालको अवस्थाका बारेमा राज्यमन्त्री अर्याललाई जानकारी गराएका थिए। 

डा. खनालले अस्पताल पुरानो, प्राविधिक कर्मचारी भए पनि अप्राविधिक कर्मचारीको अभाव जानकारी गराए। उनले   अस्पतालका भवनको लागि जग्गाको अभाव भएको भन्दै जग्गा प्राप्तिका लागि सहयोग गर्न आग्रह गरे। 

लुम्बिनी अञ्चल अस्पताल विकास समितिका अध्यक्ष  रमेश खनालले  अस्पतालमा भवन तथा जग्गाको बारे जानकारी गराएका थिए।

बुटबल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले अस्पतालमा वैकल्पिक स्रोतको परिचारलन गरेर भए पनि  अस्पताललाई ट्रमा सेन्टरको रूपमा विकास गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell