बेइजिङः ११ जना महिलाको हत्या गर्ने 'ज्याक दी रिपर'को उपमा पाएका सिरियल किलरलार्इ मृत्यु दण्डको फैसला सुनाइएको छ।
उत्तरी चीनमा १४ वर्षको अन्तरालमा १० महिला र एक ८ वर्षीया बालिकाको हत्या गरेका ५३ वर्षीय गाअो चेंगुनलार्इ गान्सु प्रान्तको जनअदालतले मृत्युदण्डको फैसला सुनाएको हो।
शुक्रवार अभियक्तले अदालतमा पहिलो हत्याको ३० वर्षपछि अभियोग स्वीकार गरेका हुन्। उनले पहिलो पटक मे १९८८ मा हत्या गरेका थिए। उनले सन् २००२ फेब्रुअरीमा अन्तिम हत्या गरेका थिए।
अदालतको आदेशमा गाअोले गान्सु प्रान्तको बाइयीन र चिनियाँ नियन्त्रित मंगोलियाको बाउटोमा ११ महिलालार्इ हत्या गरेको भन्दै मृत्युदण्डको फैसला सुनाइएको जनाएको चाइना डेलीले जनाएको छ।
अभियुक्तले महिलाहरूलार्इ बलात्कार गरी हत्या गर्ने गरेका थिए। अदालतमा सुनुवाइका क्रममा उनले बलात्कार र हत्या गर्न अानन्दित हुने गरेको उनले बताएका थिए।