PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

चीन र भारतबाट फाइदा लिनुपर्छ, कसैको प्रो हुने दिन गएः प्रचण्ड



पहिलोपोस्ट

चीन र भारतबाट फाइदा लिनुपर्छ, कसैको प्रो हुने दिन गएः प्रचण्ड

काठमाडौँः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन र भारत दुवै देशबाट नेपालले विकासमा फाइदा लिनुपर्ने बताएका छन्।

शनिवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विगतमा दुई देशबिचको सम्बन्धमा सन्तुलन राख्न नसकेको समेत बताए। ‘हामीले चीन र भरत दुवै देशबाट लाभ लिनुपर्छ, विगतमा हामीले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित राख्न सकेनौँ,’ उनले भने, ‘दुई देशबिचको सम्बन्धलाई सन्तुलित राख्नुपर्छ, अब कसैको ‘प्रो’ हुनुहुँदैन्।’ 

केपी शर्मा ओली नेतृत्वमा धेरैपछि नेपालमा बहुमत सरकार बनेको भन्दै प्रचण्डले परराष्ट्र नीति समेत सुधार गर्नुपर्ने बताए। 

‘एक १४ वर्ष वनवास र अर्को १४ वर्ष जेल बसेका नेता एक भयौँ,’ संसद्मा आफूले गरेको सम्बोधन स्मरण गर्दै उनले भने, ‘अब भाषण होइन एक्सन हुन्छ।’

प्रचण्डले संक्रमणकाल सकिएको भन्दै सबै नेपाली एक भएर शान्ति र समृद्धिको संकल्प गर्ने बेला आएको बताए। 

‘सरकारका लागि चुनौतीसँगै सम्भावाना पनि छ, हामी समृद्धिको अग्नि परीक्षामा छौँ,’ उनले भने, ‘समृद्धिको यत्रा एक पार्टीले मात्र पूरा गर्न सक्दैन्, हामी सबै मिलेर यो चुनौतीको सामाना गर्नुछ।’ 

अध्यक्ष प्रचण्डले एक अर्काबिच आलोचना धेरै गरेको भन्दै अब राष्ट्र निमार्णमा एक हुने बेला आएको समेत बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell