PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

गाउँको अधिकार अब सिंहदरबार फर्कंदैनः मुख्यमन्त्री पोखरेल



पहिलोपोस्ट

गाउँको अधिकार अब सिंहदरबार फर्कंदैनः मुख्यमन्त्री पोखरेल

गुलरियाः पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गाउँमा दिएको सिंहदरबारको अधिकार गाउँमै रहने बताएका छन्। शनिबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनले बर्दियाको राष्ट्रिय गौरवको योजना भेरी डाइभर्सन बनाएर कृषिमा आधुनिकीकरण गरिने बताए।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले हुलाकी सडक चार लेनको बनाउने पहल गरिरहेको बताए। उनले जनतालाई प्रभावकारी सेवा दिन जनप्रतिनिधिलाई आग्रह गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सञ्जय गौतम, प्रदेश नं ५ को उपसभामुख कृष्णी थारू, प्रदेश सांसद दीपेश थारु तथा अन्य सांसदहरु आठवटै स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, जिल्लास्तरीय सरोकारवाला अन्य निकाय लगायतको सहभागिता रहेका थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell