काठमाडौँः उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको आज दाहसंस्कार गरिँदैछ। दिउँसो ३ बजे पशुपति आर्यघाटमा खड्काको अन्त्येष्टि गरिनेछ। मिर्गौला, छाती र नसाको उपचार गरिरहेका खड्काको शुक्रबार नयाँ दिल्लीको एपोलो अस्पतालमा निधन भएको थियो।
खड्काको शवलाई बिहान ९ बजेदेखि १ बजेसम्म पार्टी कार्यालय सानेपामा अन्तिम श्रदाञ्जलीका लागि राखिनेछ। श्रदाञ्जलीपछि ३ बजे अन्त्येष्टिको गरिनेछ।
यसैबीच नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठक तीन दिनका लागि स्थगित हुने भएको छ। आइतबार नेता खड्काको निधनमा शोक प्रस्ताव पारित गरेपछि बैठक तीन दिनका लागि स्थगित हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
खड्काको निधनमा देशभरका पार्टी कार्यालयमा तीन दिन शोक मनाइँनेछ।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समीक्षाका लागि कांग्रेस केन्द्रीय समिति बैठक एक सातादेखि जारी छ।