काठमाडौं: उपचारका क्रममा भारतको नयाँदिल्लीमा निधन भएका कांग्रेस नेता खुमबहादुर खड्काको आज दाहसंस्कार गरिँदैछ। दिउँसो ३ बजे पशुपति आर्यघाटमा खड्काको अन्त्येष्टि गरिने भनिए पनि केही ढिलाइ हुने भएको छ।
खड्काको शवलाई १ बजेमात्र पार्टी कार्यालय सानेपामा अन्तिम श्रदाञ्जलीका लागि राखिनेछ। श्रदाञ्जलीपछि अन्त्येष्टि गरिनेछ। खड्काका छोरा अनुरागको विमान छुटेकाले केही ढिला भएको नेपाली कांग्रेसले जनाएको छ।