PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

डीपीएल : कम स्कोर बनाउनेमा रुपन्देहीको रेकर्ड, १० खेलाडीले जोड्न सकेनन् दोहोरो रन



पहिलोपोस्ट

डीपीएल : कम स्कोर बनाउनेमा रुपन्देहीको रेकर्ड, १० खेलाडीले जोड्न सकेनन् दोहोरो रन

काठमाडौँ: रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल-२) को दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स सिवाइसी अत्तरिया विरुद्धको खेलमा ६१ रनमा अलआउट भएको छ। डीपीएलको इतिहासमा कुनै पनि टिमले बनाएको यो सबैभन्दा कम स्कोर हो।

यसअघि गत सिजनमा विराटनगर किंग्स रुपन्देही विरुद्धको खेलमा १३३ रनको लक्ष्य पछ्याउने क्रममा ७१ रनमा अलआउट भएको थियो। 
पहिले ब्याटिङ गर्दै कम स्कोर अलआउट हुने रेकर्ड भनेकञ्चनपुर आइकोनिक (८०) को नाममा छ।

धनगढीस्थित एसएसपी क्रिकेट मैदानमा आइतबार भइरहेको पहिलो खेलमा रुपेन्देही च्यालेन्जर्स १५.२ ओभरमा मात्र ६१ रनमा अलआउट भयो। १० खेलाडिले दोहोरो रन जोड्न नसकेको रुपन्देहीका लागि विदेशी खेलाडी (अाेमान) सुफ्यान मेहमुदले नटआउट रहदै २० रन बनाए।

२५ बल खेलेका उनले १ चौका र १ छक्का प्रहार गरे। ओपनरद्वय  प्रदीप ऐरी र सागर पुन शुन्यमा आउट भएपछि रुपन्देहीका कुनै पनि ब्याट्सम्यान धेरैबेर क्रिजमा टिक्न सकेनन्। विक्रम भुसाल र कप्तान शक्ति गौचन समान ८, दीपक प्रसाद ५, सिद्धान्त लोहनी ४ तथा अमरसिंह रौटेला १ रनमै आउट भए। सुशान भारीले रनको खाता खोल्न सकेनन् भने दीपेश श्रेष्ठ २ रन बनाएर आउट भए।

रुपन्देहीलाई अलआउट गर्न सिवाइसी अत्तरियाका कमलसिंह ऐरीले सर्वाधिक ४ विकेट लिए। आफ्नो ४ ओभर स्पेलमा ऐरीले १५ रन खर्चे। यस्तै शुभांकर उरावले २.२ ओभर बलिङ गर्दा १ मेडन राख्दै ७ रन खर्चेर ३ विकेट लिए। कृष्ण कार्की, दीपेन्द्र सिंह ऐरी र विपिन चन्द्रले समान १ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell