PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

सर्वनाममा चल्दैछ 'कलायान'



पहिलोपोस्ट

सर्वनाममा चल्दैछ 'कलायान'

काठमाडौं: सर्वनाम थिएटरमा 'कलायन' चितत्रकला प्रदर्शनी शुरु भएको छ। यो कार्यक्रमको दोस्रो श्रृंखला हो। स्थापनाको ३६ औँ वर्षको अवसरमा प्रदर्शनी आयोजना गरिएको हो। कर्ण शाक्यले यो वर्षको कलायान उद्घाटन गरे।

कलायानको दोस्रो श्रृंखलामा १० जना कलाकारका १९ चित्र प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनीमा कलाकार प्रमिला परियार, रमेश श्रेष्ठ, ज्योती प्रकाश बिके, नरबहादुर बिके, नरेन्द्रबहादुर श्रेष्ठ, रमेश खनाल, कृष्ण मानन्धर, पुनम कुमारी दास, श्यामसुन्दर यादव र दयाराम पाल्पालीका विभिन्न चित्र राखिएका हुन्। कलायानको दोस्रो श्रृंखला एक महिनासम्म चल्ने कलाकार एवं कला समीक्षक रमेश खनालले जानकारी दिए।

मिथिला आर्टदेखि आधुनिक कला समेटिएको प्रदर्शनीमा जीवन, पीडा, संघर्ष, शान्ति लगायत थिममा बनेका चित्रहरुको क्यानभास राखिएका छन्। कार्यक्रममा २२ महिनासम्म सर्वनामको आर्ट ग्यालरीमा आफ्नो पेन्टिङ प्रदर्शनीमा राख्ने रमेश खनाल र नरेन्द्रबहादुर श्रेष्ठलाई आदरपत्र प्रदान गरिएको थियो।

नेपाली कलाका सर्जक र सिर्जनालाई व्यापक रुपमा लोकप्रिय बनाउन तथा अन्तर्राष्ट्रिय स्तरमा पनि फैलाउनका लागि कलायान यात्राको थालनी गरिएको सर्वनामका संस्थापक एवं संरक्षक अशेष मल्लले बताए।

आइतबारदेखि सर्वनाम थिएटर ३६ वर्षमा प्रवेश गर्दैछ। सर्वनामले ३६ औँ वार्षिक उत्सबको अवसरमा सोमबारदेखि अन्तर्राष्ट्रिय एकल नाटक महोत्सबको आयोजना गरेको छ। जहाँ नेपाल लगायतका विश्वका सात टा देशका कलाकारले एकल नाटक प्रस्तुत गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell