PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

युद्ध मैदानमा अंग्रेज फौज, ‘नालापानी’ छायांकनका केही दृश्य  



पहिलोपोस्ट

युद्ध मैदानमा अंग्रेज फौज, ‘नालापानी’ छायांकनका केही दृश्य  

नालापानी युद्ध विशेष फिल्म 'नालापानी' छायांकनको क्रममा छ। शुक्रबार फिल्मको नारायणहिटी दरबार परिसरमा सुटिङ भयो। नेपाल आर्मीको गोरख गणको मैदानमा छायांकन भएको हो।

नेपाल आर्मीबाट प्राप्त झण्डै पचास घोडा र करिब ३ सय हतियार सहितका फौज मैदानमा उतारिएको थियो जसलाई भिएफएक्सको माध्यमबाट हजारौँको संख्या देखाईने निर्देशक रिमेश अधिकारीले बताए। उक्त दृश्य छायांकनमा पाँचवटा क्यामेरा प्रयोग गरिएको थियो। भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा चलचित्रका सम्पादन टीम तथा भिएफएक्स टीम सँगै रहेर काम गरिरहेका छन्। 

रामराज कुँवरको 'वीर बलभद्र कुँवर' नामक पुस्तकमा समावेश कथामाथि बन्न लागेको फिल्ममा नेपाली सेनाको भूमिका निर्वाह सेनाहरुले नै गर्ने भएका छन्।

रिमेश अधिकारीले निर्देशन गर्ने फिल्ममा धेरै दृश्य द्वन्द्वका हुनेछन्। फिल्मका लागि नेपाली सेनाले पुराना हतियार, तोप, सैनिक कलाकार, सैनिक नियम तथा सैनिक नियमका लागि प्रशिक्षक लगायत सहयोग गरेको छ। कलाकारहरु अर्जुनजंग शाही, नवल खड्का, मनोज शाक्य, विशाल श्रेष्ठ, दीपेन्द्र सिंह दर्नाल, विकेस श्रेष्ठ, विशाल पहाडी, बिष्णु मोक्तान, गीता अधिकारी, सुन्दर श्रेष्ठ, ईशान बिजु श्रेष्ठ, प्रनिश शाक्य, कृष्ण आचार्य, तुलसा थापाको अभिनय रहनेछ। 

काठमाडौं र आसपासमा छायांकन सकिएपछि यूनिट उपरदाङ्ग गढी पुग्ने बताइएको छ। निर्देशक अधिकारीका छायांकन तीन महिना सम्म लगातार चल्नेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell