PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

श्वेतपत्रमा शेयर बजार सतही भनेपछि बजारमा पहिरो: ३३.१६ अंकले गिरावट



पहिलोपोस्ट

श्वेतपत्रमा शेयर बजार सतही भनेपछि बजारमा पहिरो: ३३.१६ अंकले गिरावट

काठमाडौं: आइतवार शेयर बजारमा पहिरो जाने क्रम रोकिएको छैन। खुल्नेवितिकै घट्न सुरु गरेको शेयर बजार अहिलेसम्म ३३.१६ अंकले घटेको छ।

श्वेतपत्रमा शेयर बजार संबोधन हुने आशामा बसेका थिए।तर श्वेतपत्रमा शेयर बजार सतही भएको र पारदर्शीता नभएको उल्लेख थियो। अझ ढुकुटी नै रित्तो रहेको श्वेतपत्रमा उल्लेख भएपछि शेयर बजार ओरालो लागेको हो।

अर्थमन्त्री डा.युवराज खतिवडाले पूँजी बजार सतही र पारदर्शीताको अभाव रहेको बताएका थिए।श्वेतपत्रमा शेयर बजारका समस्याका बारेमा मात्रै उल्लेख भएकाले आइतवार शेयर बजारमा २८ मिनेटमा २४.०९ अंकले घटेको छ। अहिले अन्य बाहेक सबै सूचक राता भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell