PahiloPost

Sep 15, 2025 | ३० भदौ २०८२

क्रिकेट मैदानको लागि जग्गा खोज्दै धुर्मुस



पहिलोपोस्ट

क्रिकेट मैदानको लागि जग्गा खोज्दै धुर्मुस

काठमाडौं: धुर्मुस सुन्तली फाउण्डेसनले नेपालमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने घोषणा गरेसँगै मैदानको लागि जग्गा खोज्न शुरु गरेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान नाम दिइएको प्रोजेक्टको लागि भक्तपुरमा ठाउँ हेरेका हुन्।

निर्माण स्थलको खोजीका लागि फाउण्डेसनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ भ्रमण गरेका हुन्। धुर्मुस सुन्तलीले पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरे। अवलोकनका क्रममा संयोजक सिताराम कट्टेलले भने,'क्रिकेटप्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक पहलकदमीका कारण आफूहरुलाई थप उत्साह मिलेको छ।' उनले अब काम तिब्र गतिमा अघि बढ्ने जानकारी समेत दिए।

उनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण स्थल छनोटको काम सुरु गरिएको भन्दै उपयुक्त स्थान रहेको खण्डमा फाउण्डेसनलाई जानकारी गराउन समेत आग्रह गरेका छन्। यस्तै, जग्गा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्रिकेट मैदान देशको लागि अपरिहार्य रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उपयुक्त जग्गा छनोट गरेर जतिसक्दो छिटो क्रिकेट मैदान निर्माण गर्नुपर्नेमा उनको जोड छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell