PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

डेढ महिनामा १९ फरार अभियुक्त पक्राउः दिपक मनाङे खोज्दै प्रहरी



पहिलोपोस्ट

डेढ महिनामा १९ फरार अभियुक्त पक्राउः दिपक मनाङे खोज्दै प्रहरी

काठमाडौं: गत फागुन १ गतेदेखि अहिलेसम्म महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न अपराधमा अदालतले कैद सजाय सुनाएका १९ जनालाई पक्राउ गरेको छ।

विभिन्न अपराधमा संलग्न ३ सय ७२ मध्ये डेढ महिनामा १९ जना पक्राउ परेका हुन्। यसरी पक्राउ पर्नेहरुमा बैकिङ कसुरका ७ जना, ठगी ४ जना, लागु औषध २ जना, मानव बेचविखन १ जना, जबरजस्ती करणी १ जना, ज्यान मार्ने उद्योगमा १ जनालगायत गरेर १९ जना रहेका छन्। परिसरका एसएसपी विश्वराज पोखरेले विषेश सुचनाको आधारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जानकारी दिएका छन्।

प्रदेश नम्बर ४ को मनाङबाट प्रदेशसभामा निर्वाचित भए पनि शपथ ग्रहणमा अनुपस्थित भई फरार रहेका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई अहिले काठमाडौं प्रहरीले खोजिरहेको छ। भारतमा लुकेर बसेको सुचना पाएपनि प्रहरीले मनाङेलाई पक्राउ गरी नेपाल ल्याउन सकेको छैन। एसएसपी पोखरेलले भने' हामीले टिम बनाएर मनाङेलाई खोज्न परिचालन गरिसकेका छौं। ढिलो चाँडो मनाङे पक्राउ पर्छन्।'

प्रहरीले मनाङेलाई पक्राउ गर्ने रेडकर्नर नोटिससमेत जारी गरेको छ। विभिन्न अपराध गरेर फरार भएका व्यक्तिहरुबाट अन्यत्र भए अपराध गर्ने सम्भावन बढी भएकाले पहिलो प्राथमिकता फरार अभियुक्त खोजी गर्नु रहेको एसएसपी पोखरेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell