PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

राष्ट्रपतिको शपथ विवाद: सर्वोच्चले माग्यो पराजुलीको उमेरसम्बन्धी निर्णय



पहिलोपोस्ट

राष्ट्रपतिको शपथ विवाद: सर्वोच्चले माग्यो पराजुलीको उमेरसम्बन्धी निर्णय
फाइल फोटो

काठमाडौं: सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीको शपथ विवाद सम्बन्धी रिटमा निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीका उमेर सम्बन्धमा भएका निर्णय माग गरेको छ। 

अवकाशप्राप्त प्रधानन्यायाधीशबाट लिएको शपथ बदरको मागसहित दर्ता रिटमा सर्वोच्चले पराजुलीको उमेर सम्बन्धमा न्याय परिषदबाट भएको निर्णय माग गरेको हो। 

न्यायाधीश केदारप्रसाद चालिसेको इजलासले उमेरसम्बन्धी निर्णय माग गरेको हो । यस्तै, इजलासले पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय पनि माग गरेको छ। आदेश अनुसार पराजुलीले चैत १ गते राष्ट्रपतिलाई बुझाएको राजीनामा र सोसम्बन्धी पत्राचारबारे राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गरेको छ।

शपथ विवादमा चैत ४ गते नै अधिवक्ता नारायण खरेलले सर्वोच्चमा रिट पेश गरे पनि दुई दिनपछि सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो । तर, चैत १३ गते न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो । आदेशपछि रिट दर्ता भएको हो।
गत शुक्रवार न्यायाधीश चालिसेको इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै निर्णयसम्बन्धी कागजात माग गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell