PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

रामेछापमा एसईई दिएर फर्केका विद्यार्थी चढेको बस दुर्घटना: एकको मृत्यु, ११ घाइते



पहिलोपोस्ट

रामेछापमा एसईई दिएर फर्केका विद्यार्थी चढेको बस दुर्घटना: एकको मृत्यु, ११ घाइते

काठमाडौं: रामेछापमा बा ३ ख २६९५ नम्बरको बस दुर्घटना भएको छ। गोकुलगंगा गाउँपालिकास्थित ठोसे भन्ने स्थानमा अरनिको सुपर एक्सप्रेस बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजकुमार श्रेष्ठले बताए। 

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १८ वर्षीय उमाकुण्ठ गाउँपालिकाका सुवास गजुरेल रहेका छन्। अन्य ११ जना घाइते भएको निरीक्षक श्रेष्ठले बताए। 

बसमा ३५ जनाभन्दा बढी सवार थिए।  घाइते हुनेमा अधिकांश एसईई परिक्षा दिएर घर फर्किएका रहेका छन्। उकालोमा टायर पञ्चर भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell