PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

भारत भ्रमणमा प्रधानमन्त्रीको टोलीमा पराराष्ट्र मन्त्री छुट्ने: ज्ञवाली चैत २२ मा अजरबैजान उड्दै



पहिलोपोस्ट

भारत भ्रमणमा प्रधानमन्त्रीको टोलीमा पराराष्ट्र मन्त्री छुट्ने: ज्ञवाली चैत २२ मा अजरबैजान उड्दै

काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चैत २२ गते अजरबैजान जाने भएका छन्। असंलग्न राष्ट्रहरूको मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री ज्ञवाली अजरबैजान जान लागेका हुन्। 

चैत २२ र २३ गते हुने सम्मेलनमा नेपालबाट प्रतिनिधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री ज्ञवाली अजरबैजान जान लागेका हुन्। 

सम्मेलनमा सहभागी हुन नेपालका तर्फबाट संयुक्त राष्ट्र संघका लागि न्यूयोर्कस्थित नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टरार्इ, कन्सुलर सुरेन्द्र थापा समेत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्री स्तरीय सम्मेलन अगाडि चैत २० र २१ गते उच्चअधिकारीहरूको बैठक बस्ने छ। सम्मेलनमा यसअघिका शिखर सम्मेलनको समीक्षा गर्दै आगामी शिखर सम्मेलनको तयारी गर्ने छ। 

'दिगो विकासका लागि अन्तर्राष्ट्रिय शान्त र सुरक्षाको प्रवर्द्धन' नाराका साथ सम्मेलन अजरबैजानको राजधानी बाकुमा हुँदैछ। 

उनी असंलग्न राष्ट्रहरूको मन्त्री स्तरीय सम्मेलनमा सहभागी हुन अजरबैजान जाने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत भ्रमणमा उनको उपस्थिति नहुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell