PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सिमरामा 'सेज' शिलान्यास गर्दै प्रधानमन्त्रीले भने: भारत र चीनसँग सहकार्य गरी विकासको लहर ल्याउँछु



राधेश्याम पटेल

सिमरामा 'सेज' शिलान्यास गर्दै प्रधानमन्त्रीले भने: भारत र चीनसँग सहकार्य गरी विकासको लहर ल्याउँछु

सिमरा: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भुगोल, सार्वभोमसत्ता र राष्ट्रिय अखण्डता बाहेकका कुरा परिवर्तन हुन सक्ने बताएका छन्।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.४ स्थित विशेष आर्थिक क्षेत्र (सेज)मा रहेको ब्लक “ए” को आज शिलान्यास गर्दै उनले सर्वोपरी जनता भएको देश नेपालमा तराई ,पहाड, हिमालका साथै नेपाली जनतामा निहित सार्वभौमसत्ता कहिलै परिवर्तन हुन नसक्ने बताएका हुन्।   

कृषिको माध्यमबाट देशलाई संवृद्ध बनाउने जिकिर गर्दै प्रधानमन्त्री ओलीले अबको दिनमा प्रधानमन्त्रीको ईगो नभै देशको विकासका लागि सञ्चालित अभियानले जित्ने दाबी गरे।

उनले भारत र चीन नेपालको विकासमा सहकार्य गर्न आतुर रहको बताउँदै दुबै देशसँगको सहकार्यमा विकासमा लहर ल्याउने समेत दाबी गरे।
शिलान्याससँगै विशेष अर्थिक क्षेत्र (सेज) को निर्माण कार्यले तीव्रता पाउने देखिएको छ।
 
प्रधानमन्त्री ओलीसँगै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले पनि गार्मेन्ट प्रोसेसिङ जोनको शिलान्यासका लागि बारा आईपुगेका थिए।

निर्माण थालेको झण्डै एक दशकपछि अन्तिम चरणमा पुगेको सेजको ब्लक ‘ए’ मा  निर्माण हुने गार्मेन्ट प्रोसेसिङ जोनको शिलान्यासका लागि प्रधानमन्त्री आउने भएपछि उद्योग मन्त्रालयकी सचिव यमकुमारी खतिवडा सहितको टोली बारामा रहेर विशेष तयारी गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell