PahiloPost

Nov 2, 2024 | १७ कात्तिक २०८१

राष्ट्रसंघकी उपमहासचिव नाकामित्सु तीन दिने नेपाल भ्रमणमा



पहिलोपोस्ट

राष्ट्रसंघकी उपमहासचिव नाकामित्सु तीन दिने नेपाल भ्रमणमा

काठमाडौं: संयुक्त राष्ट्र संघकी उपमहासचिव इजुमी नाकामित्सु नेपाल भ्रमणमा आएकी छिन्। तीन दिने नेपाल भ्रमणका क्रममा उपमहासचिव नाकामित्सुले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीसँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

नेपालमा संयुक्त राष्ट्र संघीय एसिया प्यासिफिक क्षेत्रीय शान्ति तथा निशस्त्रीकरण केन्द्र रहेको छ। नेपालले अन्तर्राष्ट्रिय शान्ति तथा निशस्त्रीकरणमा सहयोग पुर्‍याएको छ। सन् २०१७ मा न्युयोर्कमा सम्पन्न राष्ट्र संघको महासभाले आणविक निशस्त्रीकरण सम्बन्धि प्रस्तावलाई पारित गरेको थियो। सो प्रस्तावको पक्षमा नेपालले मतदान गर्दै अभिसन्धीमा समेत हस्ताक्षर गरेको छ।   

उपमहासचिव नाकामित्सु राष्ट्रसंघीय निशस्त्रीकरण मामिला सम्बन्धि उच्चस्तरीय प्रतिनिधि समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell