PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

ट्रमा सेन्टरको छ तला माथिबाट हाम फालेर अमेरिकीले गरे आत्महत्या



पहिलोपोस्ट

ट्रमा सेन्टरको छ तला माथिबाट हाम फालेर अमेरिकीले गरे आत्महत्या

काठमा‌डौंः काठमाडौंस्थित ट्रमा सेन्टरमा एक विदेशी नागरिकले हाम फालेर आत्महत्या गरेका छन्। ५४ वर्षिय अमेरिकन नागरिक जोनले हाम फालेर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएपी विश्वराज पोखरेलले जानकारी दिए। 

उनलार्इ अध्यागम विभागले भिषा सकिएर नेपालमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अध्यागमनको नियन्त्रणमा रहेका उनले अाफैले घाँटी रेटी घाइते भएका थिए। 

घाइते जोनलाई उपचारको लागि आइतवार ट्रमा लगिएको थियो। प्रहरी जवानले ओछ्यान मिलाउदै गर्दा ती जवानलार्इ झुक्काएर उनले हाम फालेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell