PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

कांग्रेस नेता खड्कालाई छोरा अनुरागले दिए दागवत्ती, सशस्त्रको सलामी

कांग्रेस नेता खड्कालाई छोरा अनुरागले दिए दागवत्ती, सशस्त्रको सलामी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: नेपाली कांग्रेसका पूर्व महामन्त्री एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेपछि खड्कालाई छोरा अनुरागले दागबत्ती दिएका थिए। खड्कालाई श्रद्धाञ्जली दिन पार्टी सभापति शेरबहादुर देउवा आर्यघाट पुगेका थिए। 

खड्कालाई पार्टी सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित श्रद्धाञ्जली सभामा सभापति देउवाले खड्काको शवमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

उक्त अवसरमा कांग्रेसका नेता तथा उनका शुभेच्छुकहरुले खड्कालाई श्रद्धाञ्जली अर्पण गरेका थिए। कांग्रेसले पूर्व महामन्त्री खुमबहादुर खड्काको निधनमा पाँच दिन शोक मनाउने निर्णय गरेको छ। आइतबार बसेको आकस्मिक बैठकले खड्काको निधनप्रति दुःख व्यक्त गर्दै पारित उक्त निर्णय गरेको हो। 

पूर्व गृहमन्त्रीसमेत रहेको खड्काको चैत १६ गते भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। शनिबार साँझ खड्काको शव उनको निवास सानेपामा ल्याएको थियो। नेता खड्काको निधनको १३ औँ दिनमा कांग्रेसले केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने जनाएको छ।

 


ट्रेन्डिङ पोस्ट

Ncell