PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

१५ लाख नगद पुरस्कारको लागि थ्री स्टार र मनाङ मर्स्याङ्दी भिड्ने



चन्द्रकान्त खनाल

१५ लाख नगद पुरस्कारको लागि थ्री स्टार र मनाङ मर्स्याङ्दी भिड्ने

रुपन्देही : बुटवलमा भइरहेको मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि काठमाठौँका दुई क्लब रुस्लान थ्री स्टार र मनाङ मर्स्याङ्दी भिड्ने भएका छन्।

आइतवार भएको दोस्रो सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौँ १-० ले पराजित गर्दै थ्री स्टारले मनाङसँग फाइनल भिडन्त पक्का गरेको हो।

पहिलो सेमिफाइनलमा मनाङले रुपन्देहीको सुनौलो संगमलाई पराजित गरेको थियो।

टवलको रामनगर स्थित कालिका मानव ज्ञान माध्यमिक बिद्यालयको मैदानमा थ्री स्टारलाई जित दिलाउन बुद्ध चेम्जोङले निर्णायक गोल गरे। उनले २५औँ मिनेटमा विमल घर्ती मगरको पासमा गोल गरेका थिए। खेलमा थ्री स्टारकै बिदेशी खेलाडी पिटर म्यान अफ दी म्याच भए। पिटरले नगद १० हजार हात पारे।

सेमिफाइनलमा पराजित भएको मदन भण्डारी स्पोर्टस् एकेडेमीले ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ।

थ्री स्टार र मनाङबीच सोमवार फाइनल खेल हुनेछ। मोफसलको सर्वाधिक नगद पुरस्कार रहेको प्रतियोगिताको विजेताले १५ लाख हात पार्नेछ। उपविजेताले ७ लाख ५० हजार प्राप्त गर्नेछ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागत उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell