PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ब्राजिलदेखि ल्याएको मरिच बारा हुँदै भारत तस्करी: प्रहरीद्वारा १३५ क्विन्टल बरामद



राधेश्याम पटेल

ब्राजिलदेखि ल्याएको मरिच बारा हुँदै भारत तस्करी: प्रहरीद्वारा १३५ क्विन्टल बरामद

वीरगंज: नेपालकाे बाटो हुँदै भारतमा मरिच तस्करी गर्ने गिरोह बारामा बढी सक्रिय देखिएको छ। केही समयअघि बाराको छोटी नाका मुसहर्वा, मटिअर्वा, पचरौता, सिम्रौनगढलगायत नाकाबाट साइकल, मोटरसाइकलमा हुने मरिच तस्करी अब ट्रकमा हुन थालेको छ।

बारा प्रहरीले अाइतवार बिहान १ बजे ना५ख ६९५५ नको मिनी ट्रकमामा कुखुराको दाना भित्र लुकाएर भारत लैजाँदै गरेको करिब ६० क्विन्टल मरिच बरामद गरेको छ।

प्रहरीले पचरौता नगरपालिका ९ बाट तस्करीको समानसहित मरिच तस्कर सिमरौनगढ-३ का विरोज कुशवाहालाई नियन्त्रणमा लिएको छ। प्रहरीले ५ लाखको कुखुराको दाना, सवा लाखको मूल्य बराबरको मरिच जफत गरी गाडीसहित अावश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पठाएको बाराका एसपी राजकुमार वैदवारले जानकारी दिए।

यसैगरी प्रहरीले दुई महिना भित्रै पहिलोपटक ५० क्विन्टल मरिच २ पिकप भ्यान,२० दिन अघि २५ क्विन्टल मरिचसहित १ पिकअपभ्यान बरामद गरिसकेको छ। अढाइ महिनामा जम्मा १३५ क्विन्टल मरिच बरामद भएको बारा प्रहरीले जनाएको छ।

भियतनाम, ईन्डोनेशिया, ब्राजिललगायत देशबाट ४ हजार अमेरिकी डलर प्रति क्विन्टलको दरमा मरिच ल्याइ भारत तस्करी गर्ने गरिएको प्रहरीले जनाएको छ।नेपालमा मरिच किलोको ४-६ सय किलोमा पाउने गर्छ भने भारतमा मरिच ८ सय रुपैयाँ किलोमा बिक्री हुने गर्छ। मरिच गरम मसला उद्योग एवं अार्युवेद उद्योगमा पनि खपत हुने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell