PahiloPost

Nov 1, 2024 | १६ कात्तिक २०८१

राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छः अब्बासी



पहिलोपोस्ट

राजनीतिक समस्याको हल अदालतले होइन मतदानले गर्छः अब्बासी

इस्लामावादः पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासीले राजनीतिक मुद्दाको फैसला अदालतबाट नभइ जनताले मतदानको माध्यमबाट गर्नुपर्ने बताएका छन्।

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफलाई सर्वोच्चले पदमा रहन अयोग्य रहेको ठहर गर्दै फैसला दिएको प्रसङ्गलाई लिएर अब्बासीको भनाई आएको हो।

पूर्वप्रधानमन्त्री शरीफका परिवारद्वारा अवैध रूपमा ठूलो राशी समुद्रपारको व्यवसायमा लगाएको खुलासा पानामा पेपर्सले गरेपछि उनीमाथि पदीय मर्यादा विपरीत भ्रष्टाचार गरेको आरोप लागेको थियो। यसै प्रकरणमा उनले पदबाट राजीनामा दिएका थिए।

'मतदातालाई राजनीतिक निर्णय गर्न दिउँ', अब्बासीले भने “राजनीतिमा को दोषी को इमान्दार भन्ने बिषय जनताबाट आउने निर्णय हो तर अदालती निर्णय होइन।”

जनताले पिएमएल– एन लाई छिट्टै सम्पन्न हुने निर्वाचनले अत्याधिक मतका साथ सशक्त शक्तिका रूपमा उभ्याउने उनले बताए।

अब्बासीको यो भनाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश मियाँ सादिक निसारसँगको भेटपछिको आफ्नो दलका समर्थकलाई गरेको सम्बोधनका क्रममा आएको हो। रासस/पिटीआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell