PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

जुवाको खालमा प्रहरीको छापाः ७ महिलासहित १७ पक्राउ



पहिलोपोस्ट

जुवाको खालमा प्रहरीको छापाः ७ महिलासहित १७ पक्राउ

काठमाडौँः काठमाडौंको कालिमाटीस्थित एक घरमा जुवा खेलिरहेका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कालिमाटीस्थित अजयकुमार शाहको घरबाट महानगरीय प्रहरी बृत कालिमाटीको टोलीले आइतबार राति सात महिलासहित १७ जनालाई पक्राउ गरेको हो। 

उनीहरुको साथबाट एक लाख ७६ हजार रुपैयाँ समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। 

पक्राउ पर्नेहरुमा माधवकुमार कार्की, लक्ष्मी गुरुङ, रिना तामाङ, सलिना गौतम, ममता लिम्बु, नवराज सुवेदी, बुद्धबहादुर बल लगायत रहेका छन्। पक्राउ परेकाहरु अधिकांश ३० वर्षभन्दा माथि उमेरका रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell